थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

63

काठमाडौं– नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ।

 ६ वटा जिल्लाका १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।

बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।   यसअघि बुधबार नेपालमा ७ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here