नेपालमा कोरोना महामारी ब्यापक बन्दै, सरकार जिम्मेवारीबाट पछि हट्दै !

127

— राज्यलक्ष्मी शाक्य

दिन प्रतिदिन नेपालमा कोरोनाको संक्रमण ब्यापक भैरहेको छ । भगवान् शिबको ध्यानको बखान गर्दै र बेसार पानी खाएर कोरोनाबाट बच्न सकिने भन्दै नेपाली जनतालाई उल्लु बनाउने प्रधानमंत्री केपी ओलीको मनगढन्ते दाबी पनि निरर्थक साबित भैसकेको छ । दैनिक मृत्यु हुनेहरुको संख्यामा भैरहेको बृद्दिले ओलीको हावा गफ थान्को लाग्न बाध्य भएको छ । लामो समयको लकडाउनपछि कोरोना भाइरसको संक्रमणको खतरा कम भएको ठहरसहित सरकारले लकडाउन समाप्त भएको घोषणा गरेपछि संक्रमणको संख्या बढ्ने क्रम तीब्र भएको छ । यही दरले कोरोना संक्रमितहरुको संख्या बढ्ने हो भने नेपालले धान्न सक्ने अवस्था देखिदैन । सरकारले स्वयम्ले यस्तो अभिव्यक्ति प्रचार गर्दै आइरहेको अवस्थाले पनि देशको भयावह अवस्थालाई संकेत गरिरहेको छ ।
संक्रमण घटेको तथ्यांक सरकारले सार्वजनिक गर्दा गर्दै परिक्षण गरिएको सीमित संख्याको ठ्याक्कै आधाको हाराहारीमा कोरोना पोजिटिभ देखिएर संक्रमित संख्या बढ्न थालेपछि जनमानसमा एक किसिमको आतंक छाएको छ । परिक्षणको दायरा बढाउने हो भने संक्रमितहरुको संख्या पनि बढ्ने निश्चित छ । तर सरकारले परिक्षणलाई नै सीमित गरिरहेको मात्र नभई जनसाधारणलाई परिक्षण गर्ने अनकूलता बनाइरहेको छैन । जनसाधारणले कोरोनाको संकेत आपूmमा पाएपनि खर्चिलो परिक्षणका कारण परिक्षण नगराएरै बस्नु पर्ने बाध्यता भइरहेको छ । यो अवस्थाले गर्दा पनि कोरोनाको संक्रमण नेपालमा अनियन्त्रित हुने सम्भावनालाई नकार्न सकिदैन ।
कोरोना संक्रमितहरु विगतमा उपचारपछि सामान्य अवस्थामा फर्किएर गएकोमा पनि पछिल्लो समय जटिल विरामी परेका समाचार पनि आइरहेका छन् । तराई क्षेत्र र काठमाडौं उपत्यका कोरोना हटस्पट बनेका छन् । अस्पतालका आइसीयु र भेन्टिलेटरहरु खचाखच भरिएको खबर आइरहेका छन् । संक्रमणको दर देशव्यापी हुने खतरातर्पm समयमै ध्यान पु¥याउन जरुरी देखिन्छ । तर सरकारले संक्रमणको दर घटाउने तर्पmको कुरा त धेरै टाढाको भयो परिक्षण समेत नगराएर जनतालाई मृत्युवरण गर्न बाध्य बनाई सकेको छ । यो अवस्थाले कोरोनाको महामारीबाट जनतालाई बचाउने काम नगर्ने गरी सरकारले हात झिकिसकेको अवस्था महशुस हुन थालेको छ ।

सरकारले दशबर्ष मुनिका र साठीबर्ष माथिकालाई बाहिर ननिस्किन आदेश जारी गरेको छ । तर यो आदेश आपैmमा हास्यास्पद देखिन्छ । दशबर्षदेखि साठीबर्ष बीचका उमेर समूहका मानिसहरुलाई कोरोना संक्रमण हुँदैन भन्ने खालको सन्देश सरकारबाटै जारी भएपछि जनस्तरमा यसको प्रभाव नकारात्मक पर्नु र आतंक सृजना हुनु स्वाभाविक हो । सरकारले प्रदर्शन गरेको गैरजिम्मेवारपनले गर्दा कोरोना संक्रमणले व्यापकता पाइरहेको छ । धेरैजसो सरकारी कार्यालयहरु, सेना, प्रहरीका समूहहरु, बैंक तथा वित्तीय संस्थाहरु सबै क्षेत्रमा कोरोना संक्रमणले व्यापकता पाएको छ । तर ओली नेतृत्वको सरकार भने सडकमा आफ्नो विरोधमा हुने जुलुशलाई मात्र कोरोना संक्रमणको कारण देखाउदै निर्ममतापूर्वक दमन गर्ने काममा उत्रिएको छ ।

हालसम्म देशभरिमा कति संक्रमित भएका छन् भन्ने बारे तथ्यांक आपैmमा झुट हो भन्ने कुरा प्रधानमन्त्रीबाटै सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनका दवावका कारणबाट मृतकहरुको कोरोना जाँच गर्ने गरिएको रहस्य उद्घाटन गरेपछि कोरोनाको तथ्यांक बारे वास्तविकता के हो भन्ने स्पष्ट भएको छ । तर पनि यस्तो अवस्थाबाट जनतालाई कसरी त्रास मुक्त गराउने भन्ने बारे सरकारको ध्यानाकर्षण पाइदैन ।

सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकले कोरोनाबाटै २२ जेठमा ज्यान गुमाएका थिए । त्यसैले कोरोनाको संक्रमण यति उमेर समूहलाई हुन्छ र यतिलाई हुँदैन भन्ने निश्कर्ष नै गलत हो । सरकारले जनताका नाममा आदेश जारी गर्दा यस्तो गम्भीर खालको त्रुटि गर्न पुगेको छ । यस्तो गल्ती दोहो¥याउनु महामारीलाई बढावा दिएको ठहर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here