निजी क्षेत्रका ल्यावहरुले उठाएका मागलाई नाजायज भन्न नमिल्ने व्यहोरा पनि अफिनले स्वीकार गरेको छ । तर अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्ने तर्पm विशेष जोड दिंदै एऋच् टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिनु हुन नेपाल सरकारसँग अफिन¬ जोडदार माग गर्दछ ।
साथै यस विषयलाई सहि ढंगबाट समाधान गर्ने तर्पm एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को सकारात्मक सहयोग सधैँ रहने व्यहोरा अनुरोध गर्दै वर्तमानमा देखिएको गतिरोध अन्त्यको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ल्याव संचालकहरुबीच वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


















