ब्लूमबर्गको एक रिपोर्टमा यो मामिलासँग जोडिएका एक व्यक्तिलाई उद्धृत गर्दै कोविशिल्ड यूरोपमा नियामक स्विकृति लिने पहिलो भ्याक्सिन हुनसक्ने बताइएको छ । युरोपेली मेडिसिन एजेन्सीले एक दुई हप्ताभित्र यसको ‘रोलिङ रिभ्यू’ सुरु गर्नसक्ने सम्भावना व्यक्त गरिएको छ ।
हाल कोविशिल्डमाथि जुन तरिका अपनाइएको छ, त्यो आपतकालीन अवस्थामा अपनाइने गरिन्छ । विशेषगरी, कोभिड–१९ महामारको प्रकोपलाई मध्यनजर गर्दै यो आवश्यकता भएको छ । समीक्षा भएलगत्तै चाँडोभन्दा चाँडो कोविशिल्डले नियामक स्विकृति पाउने सम्भावना रहेको छ ।


















