प्रधानमन्त्रीका सञ्चार विज्ञ बजगाईलाई कोरोना

396

काठमाडौं- प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत विहिबार पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको बजगाईको आइतबार परीक्षण रिपोर्ट आएको हो ।

कोरोना परीक्षणपछि पोजेटिभ रिपोर्ट आएपनि आफूलाई कुनै लक्षण नदेखिएको बजगाईले बताउनुभयो । अवस्था सामान्य रहेपनि आफू होम आइसोलेशनमा बसेको  जनाए । उहाँले सामाजिक सञ्जाल ट्वीटमा लेख्नुभएको छ, “पछिल्लो पटक गरिएको पीसीआर परीक्षणबाट ममा कोरोना पोजेटिभ देखिएको छ, सम्पर्कमा रहनुभएका मित्रहरुलाई पीसीआर परीक्षण गर्न अनुरोध गर्दछुँ । अहिले मेरो स्वास्थ्य अवस्था ठीक छ ।”

एक हप्ता अघि पीसीआर परीक्षणका लागि स्वाब संकलन गराउनुभएका प्रधानमन्त्री कार्यालयका फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । उहाँ पनि हाल होम आइसोलेशनमा रहनुभएको छ । हिजो शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टिभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here