काठमाडौं / सरकारले आयातमा बन्देज लगाएपछि व्यापारीले मनलाग्दी चिनीको भाउ बढाइरहेको बेला चिनीमा भएको अस्वाभाविक मुल्यवृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिने भएको छ ।
संघीय संसद/सार्वजनिक लेखा समितिको उपसमितिले चिनीको अस्वभाविक मुल्य वृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न समितिलाई सुझाव दिएको हो ।
त्यसैगरी चिनीको परिमाणात्मक बन्देज हटाउन पनि उपसमितिले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ ।


















