काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले एक सन्देश पठाउनुहुँदै राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । ट्रम्प दम्पतीलाई कोराना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले कोभिड–१९ नियन्त्रण गर्न र महामारीको क्रममा अमेरिकी राष्ट्रपतिले स्वास्थ्य, जनकल्याण र अर्थ व्यवस्थाको सुरक्षामा गर्नुभएका ठोस कार्यहरूको महìवलाई जोड दिँदै ती कार्यको सराहना गर्नुभएको छ । उहाँले आगामी दिनमा नेपाल–अमेरिका बीचको बहुपक्षीय सम्बन्ध अझ प्रगाढ हुँदै जाने आशा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
‘‘राष्ट्रपति ट्रम्पलाई कोभिड–१९ भाइरसको सङ्क्रमण देखिएको छ । कोभिड–१९ परीक्षण गर्दा दुवैलाई पोजेटिभ देखिएको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ,’’ भन्दै प्रधानमन्त्री ओलीले उहाँहरू निको हुने प्रक्रियामा रहेकाले चाँडै स्वास्थ्यलाभ हासिल गर्ने विश्वास व्यक्त गर्नुुभएको छ ।


















