काेराना संक्रमित संख्या ९० हजार ८१४ पुग्याे, थपिए १५५१ जना संक्रमित

406

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन्।   देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको  पिपिसआर परीक्षणमा १ हजार ५५१  जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै कूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। २४ घण्टा  २ हजार ३४०  जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ६७  हजार ५४२ जना पुगेको छ। देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here