टोक्योमा क्वाडको बैठक बस्दै

171

 

चीनले क्वाडको बैठकको आलोचना गर्दै यो षड्यन्त्रकारीहरूको समूह भएको टिप्पणी गरेको छ ।  क्वाडका अधिकारीहरूले ५जी कनेक्टिभिटी, साइबर सुरक्षा, उत्पादन क्षेत्रका लागि आपूर्ति शृंखला, सामुद्रिक यातायातमा सहयोग लगायतका विषयमा चर्चा गरिने बताएका छन् । अनि कोभिड–१९ खोप वितरणका लागि एक अग्रिम योजना लगायतका क्षेत्रमा चीनको विकल्प खोज्न पनि यस बैठकमा चर्चा गरिनेछ ।

चीनले क्वाडलाई मिनी नाटो संज्ञा दिँदै शीतयुद्धकालीन मानसिकताका कारण यसलाई जन्माइएको र यसको नेतृत्व अमेरिकाले गरिरहेको बताएको छ । क्वाड देशहरूसँग चीनको तनाव बढिरहेको छ र चीनले उसको बैठकमा तीखो नजर राखिरहेको छ ।

क्वाडको बैठकमा दक्षिण र पूर्वी चीन सागर, लद्दाख गतिरोध, हङकङ तथा ताइवान मुद्दामा पनि चर्चा गरिनेछ । चारै देशका नेताहरू अन्डमान सागरमा नोभेम्बर महिनामा हुने मालाबार जलसैन्य अभ्यासमा अस्ट्रेलियालाई समावेश गर्ने विषयमा पनि चर्चा गर्नेछन् ।

मालाबार अभ्यासले एसियाली नाटो बनाउने बाटो खोल्ने विश्वास गरिएको छ ।  बैठकमा चारै मुलुकले चीनसँग नजोडिएको एक आपूर्ति शृंखला बनाउने विषयमा पनि कुराकानी गर्नेछन् । जापानले यस प्रस्तावलाई अघि बढाइरहेको छ । भारत र अस्ट्रेलियालाई यसमार्फत चीनप्रतिको निर्भरता घटाउन सहायता उसले गर्नेछ ।

अनि हिन्द–प्रशान्त क्षेत्रमा संरचना निर्माण परियोजनामा संयुक्त लगानीका विषयमा पनि विचार गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here