प्रभुको ब्राण्ड एम्बास्डरमा दुई चर्चित कलाकार नियुक्त

87

काठमाडाैं –  प्रभु बैंकद्वारा कम्पनीको ब्राण्ड एम्बास्डरमा नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार द्वय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई नियुक्त गरेको छ । कम्पनीले एक वर्षका लागि कलाकार खड्का र गुरुङ्गलाई आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ति गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो ।
नेपाली सिनेमा जगतका ख्यातिप्राप्त कलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त हुनुभएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here