नेपालभर नाै कोराेना संक्रमितको मृत्यु

71

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ९ जना कोराेना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको छ। तेह्रथुमका ३१ वर्षिय, सुनसरीका ६४ वर्षिय, ललितपुरका ६१, ७७ वर्षिय, नवलपरासी पूर्वका ७७ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, काठमाडौंका ५९ वर्षिय, ६० वर्षिय, ललितपुरका ६७ वर्षिय र चितवनका ६० वर्षिय महिला संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ।

पछिल्लाे २४ घण्टामा देशभर १ हजार ५५१ ज्नामा संक्रमण देखिएको छ भने २ हजार ३४० जना डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here