टोकियो-शक्तिशाली ताईफु १४ जापानको क्युसुको दक्षिणी समुद्री तट हुँदै उत्तरतर्फ अघि बढेको छ । जापानी मौसम विभागका अनुसार ताईफु शक्तिशाली बन्दै आएको छ। यसको गती र आकार बढ्दै गएको छ । यसले आफ्नोबाटोमा पर्ने ठाउँहरुमा विध्वंश मच्चाउन सक्दछ ।
९ तारिख बिहानसम्ममा ताईफु होङ्सु क्षेत्रमा पुग्ने प्रक्षेपण गरिएको छ ।यसको प्रभावस्वरुप पुर्वी तथा पश्चिमी जापानका विभिन्न क्षेत्रहरुमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । ताईफुको मुख्य मार्गमा नपरेका स्थानहरुमा पनि प्रभाव पर्न सक्ने भएकाले जापानको मौसम विभागले जारी गरेका सुचनाहरुमा अपडेट रहि सतर्कता अपनाउनका लागि सुझाव दिईएको छ ।
मौसम विभागले दिएको जानकारी अनुसार ताईफु -१४ आज ( ८ तारिख) बिहानै ७ बजेतिरबाट खागोसिमा प्रान्तको आमामी सहर भन्दा करिब ३३० किलोमिटर पर प्रतिघण्टा १५ किलोमिटरको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरेहको छ । -श्याम क्षेत्री, जापान
















