जसपाका चार नेतालाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

307

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई पुनः स्पष्टीकरण सोधेका छन् ।

गएको जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयानुसार स्पष्टीकरण सोधिए पनि त्यसको जवाफ नआएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पुनः स्पष्टीकरण सोधिएको हो ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले पठाएको स्पष्टीकरणपत्रमा २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । अघिल्लोपटक तीन दिनको समय दिँदा पनि स्पष्टीकरणको जवाफ नआएकाले फेरि पत्र पठाइएको जनाइएको छ ।

स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

पत्र यस्ताे छ  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here