आजदेखि  युइएफए च्याम्पियन्स लिग सुरु

14

एजेन्सी ।   युइएफए च्याम्पियन्स लिगको २०२६/२७ सिजनको लिग चरण आजदेखि सुरु हुँदैछ। च्याम्पियनसिप लिगमा तीन दिनमा १८ खेल हुँदैछन्।

पहिलो दिनकै सबैभन्दा प्रतीक्षित खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

रियलका लागि यो खेल प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालमा च्याम्पियन्स लिगको पहिलो परीक्षा पनि हो। अझ रोचक पक्ष के छ भने मोरिन्होले सन् २०१० मा इन्टरलाई च्याम्पियन्स लिगसहित तेहेरो उपाधि  जिताएका थिए।

अहिले उनी रियलको बेन्चमा छन् भने त्यतिबेला उनको नेतृत्वमा खेलेका क्रिस्टियन चिभु इन्टरका प्रशिक्षकका रूपमा बर्नाबेउ पुग्नेछन्।

मोरिन्होले खेलअघि यो नकआउट खेल नभएकाले तत्काल निर्णायक नभए पनि प्रत्येक अंक महत्वपूर्ण हुने बताएका छन्।

रियलले घरेलु मैदानको फाइदा उठाउँदै विजयी सुरुवात गर्ने लक्ष्य राख्दा इन्टर बर्नाबेउमा लामो समयदेखिको खराब इतिहास बदल्ने योजनामा हुनेछ।

रियलको आक्रमणमा किलियन एम्बाप्पे, भिनिसियस जुनियर र जुड बेलिङ्घमजस्ता खेलाडी मुख्य आकर्षणमा छन्। उता इन्टरका लागि लाउटारो मार्टिनेज र मार्कस थुरामको जोडी प्रमुख हतियार बन्न सक्छ।

इन्टरले घरेलु लिगमा नापोलीलाई ३–२ ले हराउँदै च्याम्पियन्स लिगको तयारी गरेको छ। रियल भने ला लिगाको पछिल्लो खेलमा पराजित भएको थियो।

आजै पोर्टो र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ।च्याम्पियन्स लिग लिग चरणमा प्रत्येक टोलीले ७ खेल खेल्नेछ।

यस्ताे छ च्याम्पियनसिप लिगका खेल

भदौ २३ (८ सेप्टेम्बर), मंगलबार

  • एईके एथेन्स vs लास्क लिन्ज — राति १०ः३० बजे
  • क्लब ब्रुग vs एस्टन भिल्ला — राति १०ः३० बजे
  • बोरुसिया डर्टमन्ड vs भिल्लारियल — राति १२ः४५ बजे
  • पोर्टो vs म्यानचेस्टर सिटी — राति १२ः४५ बजे
  • लिल vs रियल बेटिस — राति १२ः४५ बजे
  • रियल म्याड्रिड vs इन्टर मिलान —राति १२ः४५ बजे

 

भदौ २४ (९ सेप्टेम्बर), बुधबार

 

  • बार्सिलोना vs फेयेनोर्ड — राति १०ः३० बजे
  • स्टुटगार्ट vs भाइकिङ — राति १०ः३० बजे
  • लिभरपुल vs एट्लेटिको म्याड्रिड — राति १२ः४५ बजे
  • पीएसजी vs स्लोभान ब्रातिस्लाभा — राति १२ः४५ बजे
  • स्पोर्टिङ सीपी vs गालातासारे — राति १२ः४५ बजे
  • नापोली vs आर्सनल — राति १२ः४५ बजे

 

भदौ २५ (१० सेप्टेम्बर), बिहीबार

 

  • फेनेरबाह्चे vs रोम — राति १०ः३० बजे
  • पीएसभी आइन्डहोभेन vs शाख्तर डोनेत्स्क — राति १०ः३० बजे
  • कोमो vs आरबी लाइपजिग — राति १२ः४५ बजे
  • बायर्न म्युनिख vs बोडो/ग्लिम्ट — राति १२ः४५ बजे
  • म्यानचेस्टर युनाइटेड vs साबाह — राति १२ः४५ बजे
  • स्लाभिया प्राग vs लेन्स — राति १२ः४५ बजे

IMG_1264-1788842329.jpeg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here