एजेन्सी – कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ।
गएराति भएको छनोटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गरेको हो।
खेलको १३ औं मिनेटमा पाएको पेनाल्टीलाइ सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए। इक्वेडरका पेभिस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेटिनाले पेनाल्टी पाएको थियो।



