शिक्षामन्त्रीलाई कोरोना

124

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। शनिबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो।

हल्का ज्वरो आएपछि उनको शनिबार स्वाब संकलन गरिएको थियो। हाल मन्त्री पोखरेलको अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ।   यसअघि पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here