ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दीपावली

23

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार नेपाल र भारतीय मूलका ६०० भन्दा बढी सहभागी थिए ।

त्यस अवसरमा भारतीय–अमेरिकी सांसदहरू, अधिकारीहरू र व्यवसायी नेताहरूलाई सम्बोधन गर्दै बाइडेनले ह्वाइट हाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो दिवाली कार्यक्रम आयोजना गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका थिए ।

दक्षिण एसियाली अमेरिकी समुदायले अमेरिकी जीवनको हरेक भागलाई समृद्ध बनाएको उनले उल्लेख गरे । यस पटक उपराष्ट्रपति कमला ह्यारिस र प्रथम महिला जिल बाइडेन भने दीपावलीमा सहभागी भएका थिएनन् । उनीहरु चुनावी प्रचारमा व्यस्त रहेको बाइडेनले बताएका थिए ।

अमेरिकामा यसरी दीपावली मनाउने चलन सन् २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको कार्यकालमा सुरु भएको जनाइएको छ । सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बनेपछि ह्वाइट हाउसमा सहभागी भएर दीपावली मनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here