२३ वर्षीय नेपाली डेभलपरले एक बर्षामा १.२० करोड आम्दानी गरे

43

काठमाडौं । एक वर्षपहिले ७० लाख रुपैयाँमा विदेशी कम्पनीलाई मोबाइल एप बेचेका एक नेपाली डेभलपरले पुन: अर्को एप बेचेका छन् । बर्दिया बाँसगढी-५ का २३ वर्षीय कर्णबहादुर बुढा क्षेत्रीले ५२ लाख ८६ हजार रुपैयाँमा हालै इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई एन्ड्रोइड एप बिक्री गरेका हुन् ।

कर्णले गोपनीयताका कारण एपको नाम खुलाउन चाहेनन् । तर बिक्री भएको एप पाँच लाख बढी पटक डाउनलोड भएको उनले जनाए । उनका अनुसार सो एप क्वोट (भनाइ)सँग सम्बन्धित छ ।

एपबाट भइरहेको आम्दानी र डाउनलोड संख्याका आधारमा इजरायली कम्पनीले आफ्नो उत्पादन खरिद गरेको उनले जनाए ।  यसअघि मंसिर, २०८० मा उनले सोही कम्पनीलाई ७० लाख रुपैयाँमा पिक अप लाइन्स- फ्लर्ट मेसेजेज् (Pickup Lines- Flirt Messages) नामक एन्ड्रोइड एप  बिक्री गरेका थिए । यी दुवै एपमार्फत उनले करिब एक करोड २३ लाख आम्दानी गरेका छन् ।

फुर्सदको समयमा एप डेभलपमेन्टमा खटिने उनी ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत छन् ।‍

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here