खर्च कम र काम दोब्बर गर्न प्रधानमन्त्री ओलीको निर्देशन

259

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र निर्माणको लागि संकल्प: पूरा राष्ट्र सेवक कर्मचारीहरुले खर्च कम र काम दोब्बर गर्ने जिम्‍मेवारी लिनुस् । देश निर्माणमा हामी सबै लाग्‍नु जरुरी छ।’

ओलीले काम नगर्ने तर अधिकार प्राप्तिको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कारबाही गर्ने चेतावनी समेत दिए।

कर्मचारीहरुलाई आवश्यक सेवा र सुविधा दिन सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो।उनले कर्मचारी संगठन खारेज नहुने पनि स्पष्ट पारे साथै आधिकारिक ट्रेड युनियन कानुनी मान्यता प्राप्त संस्था भएकाले त्यसलाई खारेज हुन नदिने जनाए ।

उनले मुलुक संघीयतामा गएकाले कतिपय कमी हुनसक्ने भन्दै त्यसलाई सुधार गरेर जान सरकार तयार रहेको पनि जनाए । मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन कर्मचारीहरु प्रतिवद्ध भएर लाग्ने विश्वास पनि व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here