स्मार्टच्वाईस टेक्नोलोजिज र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच सम्झौता सम्पन्न

32

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक, एजेन्ट तथा  प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन् ।

मिति २०८१ कार्तिक ११ गते सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा आयोजित कार्यक्रमका बिच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सिटी एक्सप्रेस मनि ट्रान्सफरका तर्फबाट निर्देशक कृष्ण राज पौडेल बिच स्मार्ट क्यूआर सेवा सन्चालन सम्झौतामा हस्ताक्षर भयो ।

बिगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्क्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज लि. ले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै बर्ष सुरु गरेको हो ।

यस सेवा मार्फत बैंक बित्तिय सँस्था लगायत रेमिटान्स कम्पनी , ब्रोकर हाउस, बिमा कम्पनी तथा ठुला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् ।

यस सेवाको सुरुवात  पश्चात सिटी एक्सप्रेस मनि ट्रान्सफरमार्फत प्राप्त हुुने  रेमिटेन्स रकम बैंक खातामा ट्रान्सफर अझै छिटोे–छरितो र भरपर्दो बन्ने दुवै पक्षले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here