सरकारको सय दिनमा असफल : अध्यक्ष प्रचण्ड

38

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तत्काल सरकार ढाल्ने पक्षमा नरहेको जनाउनुभएको छ ।

मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले सरकारको सय दिनमा असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ ।’’

अध्यक्ष प्रचण्डले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिनुहुँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here