सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन

175

काठमाडौंं /   प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशसँगको छलफलमा न्यायापालिकाको सवालमा वर्तमान समयमा धेरै प्रश्न उठिरहेकाले न्यायालयप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले जनताको न्यायापालिकाप्रतिको गुनासो र आमजनतामा न्यायापालिकाप्रतिको धारणालाई परिवर्तन गर्न मुद्दा फछ्र्यौटले मात्रै नहुने उल्लेख गर्दै अदालतलाई सुदृढ बनाउने सवालमा कुनै कमीकमजोरी नगर्न निर्देशन दिनुभयो ।

प्रधानन्यायाधीश राणाले कार्यसम्पादनका क्रममा कमीकमजोरी देखिए न्याय परिषद् र आफूले पनि सुक्ष्म अनुसन्धान गर्ने चेतावनी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here