महेन्द्रनगर / संयुक्त युवा तथा विद्यार्थी संगठनद्वारा आज महेन्द्रनगर विकास समितिको स्थापनाकालदेखि अहिलेसम्म गरेका सम्पुर्ण अवैधानिक निर्णयहरु खारेजीको माग गर्दै कंचनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
विभिन्न समयमा आफूले पाएको पद र जिम्मेवारीको दुरुपयोग गरेर नगर विकास समितिले गरेका निर्णयहरुको खारेजीको माग गरिएको गर्दै एक घन्टा धर्ना दिइएको हो ।
नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राख्दै संयुक्त युवा / विद्यार्थी संगठनद्वारा हिजो मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ।
ज्ञापन पत्रमा अवैध ढङ्गले वितरण गरिएका लालपूर्जा तथा सम्झौता यथाशिघ्र खाली गरिनुपर्ने,महेन्द्रनगर बजारको सुन्दरता बिग्रिने गरी गुरु योजना विपरीत बनाइएका भौतिक संरचना भत्काउनुपर्ने माग गरिएको छ।
नेकपा ( क्रान्तिकारी माओवादी ) को भातृ संगठन अनेरास्वबियु ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य केशब साउदले सरकारसंग लिज प्रक्रिया खारेज गरी नगरको सौर्न्दर्यलाई सहि राख्न आग्रह गरेका छन् । यदी सरकारले अवैध संरचना भत्काएन भने संगठनले आफै भत्काउने साउदले चेतावनी समेत दिनु भएको छ ।

















