काठमाडौं / अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरिएको छ ।
सरकारले विवादमा परेकी शेर्पालाई मानव बेचबिखनको आरोप लागेपछि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूतबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
शेर्पाविरुद्ध मानव बेचबिखनको आरोप उनकै पूर्वचालक वाङ्छु शेर्पाले लगाएपछि विवादमा परेकी थिइन् ।


















