३५ वर्षीय कुलदिप चौधरी पक्राउ

23

काठमाडौं । सामाजिक सञ्जालबाट मानसिक तनाव एवम् चरित्र हत्या गर्दै आएका भनिएका ३५ वर्षीय कुलदिप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो काठमाडौंले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा पीडितले निजले सुरुमा आफूलाई मन पराउने, माया गर्ने भनेर फकाई–फुल्याई गरेको र पछिल्लो समय पुरानो तस्बिर र भिडियो पठाएर मानसिक तनाव दिएको उजुरीको आधारमा पक्राउ गरेको जानकारी दिएको छ।

पीडक सुनसरी दुहवी नगरपालिका वडा नम्बर १० स्थायी बसोबास भएका चौधरीलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसुरमा प्रहरीले जेठ २७ गते सुनसरीबाट पक्राउ गरेको हो।

निजलाई आइतबार अदालती कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here