रास्वपाका सांसद अशोक कुमार चौधरीसहित १७ जना पक्राउ

35

काठमाडौं । प्रदर्शन सुरु हुन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीसहित १७ जना पक्राउ परेका छन् ।

राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा भएको विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी लगायत १७ जनालाई गिरफ्तार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here