स्मार्ट सेलले ८ जीबी डेटा सहितको सिम निःशुल्क दिँदै

49

काठमाडौं – स्मार्ट टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ । मुलुककै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनीले चाडबाडलाई लक्षित गर्दै ८ जीबी डेटा सहितको सिम निःशुल्क दिने भएको हो ।

यस्तो अफर स्मार्ट सेन्टरमा पुग्ने जोकोही ग्राहक तथा एसईई दिएका विद्यार्थीले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले रिचार्ज कार्डमा आकर्षक गिफ्ट ह्याम्पर समेत दिने भएको छ । गिफ्ट ह्याम्पर भने दुई सय, पाँच सय र हजार रुपैयाँको रिचार्जमा मात्रै उपलब्ध हुनेछ ।

तीन महिनासम्म मान्य हुने यो अफरका लागि स्मार्ट सेन्टरमै पुग्नुपर्नेछ । त्रिभुवन विमानस्थल, न्युरोड, पुतलिसडक, सूर्य विनायक, पोखरा र कुमारीपाटीमा गरी कम्पनीका छ वटा स्मार्ट सेन्टर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here