सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

172

सुर्खेत – कर्णाली प्रदेश सरकारका विरुद्ध नेकपाका सासंदहरुले आज अविश्वासको प्रस्ताव दर्ता गरका छन् ।

नेकपा कर्णाली प्रदेशका बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले हस्ताक्षर गरेको पत्र नेकपा संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएकका छन् । उनिहरुले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदियदलका नेता महेन्द्रवहादुर शाहीका विरुद्ध आइतवार प्रमुख सचेतक गुलावजंग शाहलाइ वुझाएका हुन् ।

अविश्वासको प्रस्तावको कारण बारे अहिले जानकारी दिन सांसदहरू प्रदेश सभा पुगेका छन । तत्कालीन माओवादी पक्षका मुख्यमन्त्री शाही विरुद्ध पुर्वमन्त्री तथा तत्कालीन एमाले पक्षका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएको सांसद सुशिलकुमार थापाले जानकारी दिनुभयो ।

हस्ताक्षर गर्नेमा पूर्व माओवादी पक्षका ३ जना सांसद रहेका छन भने १५ जना पूर्व एमाले पक्षका रहेका छन् । हस्ताक्षर गर्नेमा पुर्व माओवादीको कोटावाट उपसभामुख भएकी पुष्पा घर्ती विष्ट, सांसदहरु धर्मराज रेग्मी र ठम्मर विष्ट रहेका छन् भने वाँकी १५ जना पुर्व एमालेका सांसदहरु छन् । नेकपा संसदिय दलमा ३३ जना सांसद रहेका छन् ।

पुर्व एमालेवाट सरकारमा रहेका आर्थीक मामिला तथा योजनामन्त्रीमन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, उद्योग ,पर्यटन वन तथा वातावरणमनत्री नन्दसिंह वुढा, कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही र प्रमुख सचेतक गुलावजंग शाहले हस्ताक्षर गरेका छैनन् । त्यस्तै हस्ताक्षर नगर्नेमा पुर्व माओवादी तर्फका सरकारमा रहेका मुख्यमन्त्री शाही सहित आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसी, ७ जना सांसदहरु लगाएत १५ जना वाँकी रहेका छन् । संसदीय दलको नेता नै सरकारको प्रमुख एकै व्यक्ति हुने कानुनी ब्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here