काठमाडाैं – नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ ।
जहाँ ग्राहकहरूले यस अफरमा ३ लाख सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी सँग एक्सचेन्ज गरेको बापत २ लाख सम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले काेभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् । साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ ।
यस अन्तर्गत एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो Finance, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत, रु. २५,००० बराबरको निःशुल्क Accessories, निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) व्यवस्था गरिएकाे छ भने यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर २०७७ साल असोज २८ गते देखि कार्तिक २६ गते सम्ममात्र लागू हुनेछ ।
स्याङयोङ्गको बारेमा
स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारन कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु जस्तै SUVs, Pickup trucks / MPVs रहेका छन् ।


















