दर्शन भजनको एल्बम सार्वजनिक

382
काठमाडाैं – भगवान भक्ति बास्तबमा महाशक्ति हो । दु:खमा, सुखमा होस् या हरेक मंगल कार्यमा भगवानको पूजा आरधना गर्दा मान्छेको मनमा शान्ति मिल्छ । शान्ति प्राप्त गर्नु नै ईश्वर साथमा पाउनु हो । मान्छेहरू सबै आ-आफ्नो धर्म अनुसार भगवानको पूजा गर्छन् अनि भक्ति गर्छन् ।
भजनमा लिन हुन्दा दु:ख, पीडा हराउने गर्छ । अझ अहिले संसारभरि महामारी ‘कोरोना’ रोगले विशाल रूप लिंदै गर्दा सामाजिक दुरी कायम गर्दै कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को रचनामा अमरको छब्बिसौं कृति “दर्शन” एल्बमको एक समारोह बीच सार्वजनिक भएको छ ।
एल्बमभित्र स्वयं गीतकार सुरेन्द्र महर्जन र सुर्यकमल राईको स्वरमा रहेको भजनहरू समाबेश छ भने एल्बममा रहेका भजनहरूको संगीत संगीतकार राम कार्की र सुर्यकमल राईको रहेको छ । भजनहरूको एरेन्जर राम कार्की र संजय हमालको गरिएको छ ।
ओएसनेपालको प्रस्तुति रहेकोे दर्शन एल्बम कार्यक्रम ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठ ले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रम दिप गुरुङबाट संचालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here