भोलि २१ बाम राजनीतिक संगठनले माइतीघरमा सांकेतिक विरोध प्रदर्शन गर्ने

510

काठमाडौं / नेपालका २१ बाम पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध  गतिविधिका विरुद्ध आन्दोलन थालनी गरेका छन् । त्यसै अन्तर्गत भोलि काठमाडौंको माइतिघर मण्डलामा सांकेतिक प्रदर्शनको कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ । प्रदर्शनमा माक्र्सवादी एकता अभियान लगायत  नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) सहितका २१ राजनीतिक पार्टी तथा संगठनहरु रहने भएका भएका छन् ।

कोभिड १९ को मापदण्डको पूर्ण पालना गर्दै दिनको १ बजे विरोध प्रदर्शन शुरु गर्ने कार्यक्रम तय भएको छ ।

२१ राजनीतिक संगठनहरुले एम.सी.सी. को खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराध नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गर्दै विरोध प्रदर्शनको आयोजना गरिएको हो ।

२१ राजनीतिक संगठनहरुका तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले असोज २५ गते एक सार्वजनिक वक्तव्य जारी गर्दै विरोध कार्यक्रम गर्ने घोषणा गर्नुभएको थियो ।

जारी वक्तव्यमा के.पी. ओली नेतृत्व सरकारको पालामा भएका तमाम  राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनको पक्षमा लामबद्ध हुँदै गएको पाइएको ठहर गरिएको थियो । यसका निमित्त फेरि अर्को जनआन्दोलनको आवश्यकता पनि सर्वत्र महशुस भइरहेको निष्कर्ष निकाल्दै केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरुलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने सम्झदारी  गरिएको जनाइएको थियो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयमा कार्यगत एकता गर्दै आएका पार्टी तथा संगठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, नेपाल १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल) र २१. ने.क.पा. (माओवादी) रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here