यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ७ सय ४९ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ हजार ३७ हजार ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।


















