तर उनीहरु त्यतिबेला अचम्मित भए जब फेसबुकले प्याजको विज्ञापनलाई ‘स्पष्ट रुपमा सेक्सी’ (फेसबुकमा नग्नताको एक श्रेणी) भन्दै हटाइदियो ।
ईडब्यू गेज स्टोरका म्यानेजर ज्याक्सन म्याकलिनले भने, ‘सुरुमा मैले बुझ्दै बुझिनँ कि फेसबुकले मेरो विज्ञापन सार्वजनिक गर्न किन अस्विकार गरिरहेको छ । वास्तविक कारण बुझ्न उनलाई धेरै समय लाग्यो । ’ ज्याक्नलाई केही बेरपछि महसुस भयो कि फेसबुकले सायद प्याजलाई गल्तीपूर्वक स्तन भनेर ठान्यो कि ?
ज्याक्सनलाई थाहा थियो कि उनका ग्राहक फेसबुकको यो गल्तीमा हाँस्नेछन् । त्यसैले उनले अस्विकार गरिएको विज्ञापन र फेसबुकद्वारा देखाइएको मेसेजको एउटा भिडियो बनाए र त्यो पोस्ट गरिदिए ।
बीबीसीसँगको कुराकानीमा फेसबुक क्यानडाका प्रवक्ता मेग सिनक्लेयरले भने, ‘आफ्नो वेबसाइटबाट नग्नतालाई टाढा राख्नका लागि हामी अटोमेटेड टेक्नोलोजीको प्रयोग गर्छौं । तपाईं हामी प्याजलाई हेरेर चिन्न सक्छौं, हामीलाई प्याजको किसिमबारे पनि थाहा होला तर प्रविधिबाट कहिलेकाँही गल्ती भइहाल्छ । यसका लागि हामीले माफी मागेका छौं र प्याजको त्यो विज्ञापनलाई बहाल गरिदिएका छौं ।’ स्टोरका म्यानेजर म्याकलीनले कोरोना महामारीपछि बिक्रिीको एउटा ठूलो हिस्सा अनलाइनमार्फत् भएको जानकारी दिए । – बीबीसी


















