काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्।
प्रधानमन्त्री ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्।
लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

















