विभिन्न हातहतियार सहित पक्राउ

174

पर्सा – ठोरी गाउँपालिका-४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका-४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुन बहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् ।

उक्त स्थानमा लागूऔषध गाँजा लिएर आउँदै छन् भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्थानमा लुकिछिपि बसेको अवस्थानामा फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here