उपत्यकामा नयाँ कोरोना संक्रमित १७४६ थपिए

166

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।

आज देशभर ३ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।   २४ घण्टायता १ हजार ८ सय जना संक्रमित डिस्चार्ज भएका छन्। देशभर डिस्चार्ज हुनेको संख्या जम्मा ८९ हजार ८ सय ३७ पुगेको छ।

आज देशभर ३७ हजार ७३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here