बैशाखदेखि खासा नाका खोलिने

105

काठमाडौं / चीन र नेपालबीच महत्वपूर्ण मानिने व्यापारिक नाकाका रुपमा रहेको खासा नामले चर्चित बाह्रबिसे तातोपानी नाका अब खुल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिहीबार राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा भएको वार्तापछि चीनले यस्तो सहमति जनाएको छ ।

ओली र चीनका समकक्षी ली खछ्याङबीचको प्रतिनिधिमण्डलसहितको वार्तापछि खासा नाका खोल्ने समझादारी पत्र आदान प्रदान भएको हो ।

तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको खासा नाका बन्द अवस्थामा रहेको थियो। २०७२ सालको  भूकम्पपछि चीनले असुरक्षाको कारण जनाउँदै तातोपानी नाका बन्द गरेको थियो । चीनले तातोपानी नाकाबाट अवैध रक्तचन्दन तथा सुन तस्करी र दलाई लामा समर्थकको गतिविधिले सुरक्षामा असर पार्ने भन्दै खोल्न अस्वीकार गर्दै आएको थियो ।

 यो नाका बन्द हुँदा नेपालका व्यापारीहरुले दु:ख पाएका छन् । बन्द अवस्थामा रहेको नाका अब भने विश्व मजदुर दिवसको अवसरमा २०७६ सालको बैशाख १८ गतेदेखि यो नाका खुल्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here