कर्मचारीको आन्दोलनले सेवाग्राहीलाई सास्ती

98

बिमल योगी
दाङ /  स्थानीय तहको कर्मचारीको आन्दोलनका कारण आज बुधवार दाङ लगायत देशभरका स्थानीय तहको कामकाज प्रभावित भएको छ ।

स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको आव्हानमा पौष १ गतेदेखी सञ्चालित आन्दोलनको कार्यक्रम अन्तरगत बुधवार बिहान १० बजेदेखी २ बजे सम्म कार्यालय परिसरमा कर्मचारीहरुले हातमा कालोपट्टी बाधि कामकाज ठप्प पारेका हुन । जसका कारण घोराही, तुल्सीपुर उप महानगरपालिका सहित जिल्लाका १० वटै स्थानिय तहको कामकाज ठप्प भएको थियो ।

कर्मचारीको आन्दोलनका कारण दिनभर सेवाग्राहीले सास्ती भोग्नु परेको थियो । साविक जिविस, नगरपालिका तथा गा.वि.स.मा कार्यरत अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक लगायतको पेशाको सुनिश्चितता संगै स्थायीत्व हुनुपर्ने, साविक स्थानीय निकायमा श्रेणीविहिन अवस्थामा रहेका कर्मचारीको स्तर वृद्धि तथा सबै तहको बढुवा तत्काल गर्नुपर्ने, स्थानीय सेवामा समायोजन हुने सवै कर्मचारीहरुलाई समान व्यवहार गर्न साविक स्थानीय निकायमा कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गर्नुपर्ने, काठमाण्डौ लगायत देशभरका बिभिन्न नगरपालिका तथा गाँउपालिकामा फोहोरमैला तथा सरसफाईमा कार्यरत कर्मचारीहरुको पेशागत सुनिश्चितता हुनुपर्ने लगायतका माग राखि आन्दोलन गरिएको हो ।

आन्दोलनको कार्यक्रम अन्तरगत भोली बिहिवारदेखी स्थानीय तहको कामकाज दिनभर ठप्प पारी धर्ना दिने कार्यक्रम रहेको नेपाल नगरपालिका कर्मचारी एशोसियशनका उपाधयक्ष जंगबहादुर जिसीले जानकारी दिनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here