हाल देशभर ६ हजार १४० जना सक्रिय काेराेना संक्रमित

85

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै यही अवधिमा २९७ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको पनि भएको छैन।  मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ।  हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here