सहर सौन्दर्यमा सचेत हुनु जरुरी

166

राज्यलक्ष्मी शाक्य
काठमाडौंमा रहेको पर्यटकीय क्षेत्र ठमेललाई केही समयअघि सवारीसाधन निषेधित क्षेत्र घोषणा गरिएको थियो । पर्यटकहरुको ठूलो उपस्थिति रहने सो क्षेत्र सााघुरो बाटो र अत्यधिक सवारीसाधन आवतजावतका कारण पर्यटकमैत्री थिएन । अत्यावश्यक सवारीसाधनबाहेक अन्यलाई निषेध गरिएको विषयलाई सर्वत्र स्वागत र प्रशंसा गरिएको थियो । यही क्रममा अहिले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली)देखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाको समन्वयमा पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गरिएको हो । चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको छ, जसमा दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ । कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक नलगाइएको जनाएको छ ।

 
सााघुरो बाटो भएको तर महत्वपूर्ण स्थानहरुमा यसरी सवारीसाधन निषेध गर्नु उपयुक्त रहेको ठानिएको छ । यसले अबको हाम्रो सहरी संरचना, पूर्वाधार र त्यसको व्यवस्थापन के कसरी गर्ने भन्ने विषयलाई छलफलका लागि अगाडि ल्याएको छ । विश्वका विभिन्न देशहरुमा पनि महत्वपूर्ण स्थानहरुमा सवारीसाधन प्रवेशमा निषेध गरेको हामी पाउाछौं । तर, अहिले जहाा जहाा सवारीसाधन निषेध गरिएको छ, त्यहाा सर्वसाधारणको बसोबास पनि रहेको छ । उनीहरुले पनि सवारीसाधन प्रयोग गर्छन् । यदि त्यसरी सवारीसाधन निषेध गर्दा उनीहरुको हकमा के हुने, त्यसको विकल्प कसरी सोचिएको छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । किनभने पछि फेरि सर्वसाधारणले नै राज्यको आदेश पालना नगर्ने अवस्था आउन सक्छ । राज्यले गर्ने कुनै पनि निर्णय पालना गर्ने आखिर त जनताले नै हो । तर, जनताले त्यो कुरा स्वीकार गर्छन् कि गर्दैनन्, त्यसको विकल्प के दिने भन्ने कुरालाई पनि राज्यले ध्यान दिन आवश्यक छ । यसको मतलब पंक्तिकार महत्वपूर्ण क्षेत्रमा सवारीसाधनको विपक्षमा छ भन्ने पनि होइन । तर, त्यसो गर्दा पूर्ण तयारीको साथ गर्नुपर्छ, न कि कुनै हतारमा भन्ने मेरो धारणा रहेको छ ।

 
राज्यको यस्तो गतिविधिले हामी हाम्रो सहरको पूर्वाधारप्रति विस्तारै सचेत हुन थालेको भन्ने संकेत गरेको छ । दुर्भाग्य नै भन्नुपर्छ कि सहरको सौन्दर्यका लागि न यस अघिका सरकारका नेतृत्व गर्नेहरुले सोचे, न सम्बन्धित निकायले नै यसतर्फ ध्यान दिए । फलस्वरुप नेपालको राजधानी काठमाडौंलगायत यससाग जोडिएका ललितपुर तथा भक्तपुरमा पनि आवासीय अवस्था भद्रगोल नै छ । त्यस्तो अवस्था अहिले नेपालका अन्य सहरमा पनि देखिन थालेको छ । हामीले मनलाग्दी रुपमा आवासीय प्रयोजनका लागि बनाएका भौतिक संरचनाका कारण अहिले हाम्रो सहर कुरुप बनेको छ । कुनै पनि नीतिनियम नहुनु, भए पनि पालना नहुनु, सम्बन्धित निकायले कार्यान्वयनमा चासो नदिनु, जनतामा सचेतता नहुनुजस्ता कारणले गर्दा काठमाडौं आवासका लागि अनुपयुक्त सहरमा गनिन थालेको छ । यो यस्तो सहर हो, जहाा औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, राजनीतिक केन्द्रीय क्षेत्र, रोजगारीको प्रमुख केन्द्र, पर्यटकीय क्षेत्र र आवासको मुख्य क्षेत्र भएको छ । यसरी सबै कुराको केन्द्र एकै ठाउामा बनाइएका कारण पनि यो सहर अत्यधिक अव्यवस्थित र बसोबास अयोग्य, प्रदूषणयुक्त भएको छ ।

 
अब सहरको सौन्दर्यका लागि केही सचेतता अपनाउनुपर्ने बेला आएको छ । त्यो सचेतता सरकारको नेतृत्वमा बस्ने राजनीतिक दलका नेताहरु, सम्बन्धित निकायका नेतृत्व, कर्मचारी र आम जनमानसमा पनि आउन जरुरी छ । हामी अहिले नयाा व्यवस्थामा प्रवेश गरेका छौं । यसअघि केन्द्रीकृत रहेको सरकार अब विकेन्द्रीकरण गरिएको छ । मुलुकमा अब स्थानीय सरकार, सात प्रदेश र केन्द्र गरी तीन तहमा विकास निर्माणको अभिभारा आएको छ । अब गरिने त्यस्तो विकास निर्माणमा भद्रगोल होइन, व्यवस्थित, दिगो र दीर्घकालका लागि हुनु जरुरी छ । सहरी संरचनाका विषयमा अहिलेसम्म गरिएका लापरबाही दोहोरिनु हुादैन । त्यसतर्फ सम्बन्धित निकायले बृहत् छलफल गरी अगाडि बढ्न जरुरी छ । [email protected]

  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here