काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
गुण्डुस्थित डेरामै पुगेर मन्त्री खरेलले अध्यक्ष ओलीलाई भेटेका हुन् । निर्वाचनको वातावरण बनाउन सुझाव लिन उनी त्यहाँ पुगेका हुन् ।
मन्त्री खरेलले आजै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।


















