काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुले आज पनि प्रदर्शन गरिरहेका हुन् । प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल नजिक रोकेको छ ।
उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएर प्रदर्शनकारीहरुले नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।
बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ ।


















