गुणस्तरीय शिक्षा प्रदान सही दिशातर्फउन्मुख गराउने

40

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरुले समाजलाई सही दिशातर्फउन्मुख गराउने जनाएका छन्।

आज यहाँ आयोजित नारदमुनि–पवित्र लुइँटेल स्मृति कोषद्वारा आयोजित ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले बालबालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने धारणा राखे। त्यस अवसरमा सञ्चारकर्मी सुशीला पाठकलाई नगदसहित सो पुरस्कार प्रदान गरिएको थियो ।

उनले अङ्कका आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चा गर्दै खेलाडी कुशल भूर्तेल र दीपेन्द्र ऐरीले क्रिकेटका माध्यमबाट कायम गरेको विश्व कीर्तिमानीको उदाहरण प्रस्तुत गरे। उनले भने, “कक्षाकोठा बाहिरको मैदान पनि रोजगार र शिक्षाको केन्द्र हुँदै गएको छ। शिक्षक र अभिभावकले यो यथार्थलाई बुझ्न सक्नुपर्छ।”

उनले गायिका मेनुका पौडेलले आफ्नो मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल भएको उदाहरण पनि प्रस्तुत गरे। सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहेन्दार छात्रछात्रा उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगदसहित सम्मान गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here