गुल्मी – गुल्मीमा दुई सातायता भारतलगायत अन्य मुलुकबाट १ हजार ७२३ जना मानिस भित्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार चैत ५ यता उक्त संख्यामा मानिस गुल्मी भित्रिएका हुन् । जसमध्ये ५५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् ।
उनीहरु सबै पछिल्लो समय भारतबाट आएका हुन् । प्रशासनले संकलन गरेको तथ्यांक अनुसार धेरै जसो मानिस घरमै रहेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारत लगायत अन्य मुलुकबाट आएकाहरुको विवरण संकलन कार्य जारी रहेको उनले जनाए ।


















