काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो विद्यमान निदानात्मक सेवामा थप अत्याधुनिक सुविधासम्पन्न, प्रविधिसम्पन्न ३ टेस्ला एमआरआई र विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सीटी स्क्यान मेसिन थप गरेको छ । थप एक अत्याधुनिक सीटी स्क्यान र अत्याधुनिक एमआरआई सेवा थपिएपश्चात् नर्भिकले आफूलाई पूर्णतया न्युक्लिएर मेडिसिन सेन्टरका रुपमा परिणत गर्न सफल भएको दावी गरेको छ । नवजडित सेवाहरूको उद्घाटन हिजो बुधबार एक विशेष समारोहबीच पूर्वयुवराज्ञी तथा समाजसेवी हिमानी राज्यलक्ष्मीदेवी शाहले गर्नुभयो । समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्य उपस्थित थिए । आचार्यले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए । निदरल्याण्डमा निर्मित एम.आर.आई.मा यसको (इन–बोर) सुरूङ्ग ९तगललभ०ि भित्र श्रब्य–दृश्य प्रणाली रहेको हुादा बिरामीले आफूलाई मनपर्ने संगीत, मनपर्ने भिडियो आदि सुन्न/हेर्न सक्नेछन् । त्यसरी एम.आर.आई. प्रक्रियाको चित्र अति विशिष्ट र सुस्पष्ट त हुन्छ नै बिरामीको सेवा/आरामदायितामा पनि यो अतुलनीय रहेको हुादा यसखाले एमआरआई नेपालमै पहिलो भएको नर्भिकले जनाएको छ ।

अप्रिय/डरलाग्दो आवाज र झन्झनाहट नै एमआरआई गराउने तमाम बिरामीहरूले भोग्दै आएको समस्या हो । यसखाले एमारआईको सुरुङ्गभित्र झन्झनाहट र अप्रिय आवाजको सट्टा सुमधुर संगीत र मनमोहक भिडियो (श्रब्य–दृश्य) प्रणाली हुनु र यसखाले समस्या विश्वकै पहिलो एमआरआई भएका कारण बिरामीले त्यस्ता समस्या भोग्नुपर्ने वा डराउनुपर्ने समस्या अब नहुने नर्भिक व्यवस्थापनले जनाएको छ । यसमा निरन्तर श्रब्य–दृश्य हुने भएको हुादा एमआरआई गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको संगीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेका छन् । यो प्रणालीमा सामान्य एमआरआईमा उत्पन्न अप्रिय ध्वनि भन्दा झण्डै ८०प्रतिशत कम आवाज उत्पन्न हुनेहुादा बिरामीले डराउन नपर्ने पनि जनाइएको छ ।

यस एमआरआई प्रणालीमा रहेको स्वचालित आधुनिक निर्देशक गर्ने बोलीले बिरामीलाई श्वास–प्रश्वास रोक्ने, एमआरआई टेबुलको चालबारे बताउने आदि गर्ने हुादा स्क्यान गर्ने अवधि बढाइदिने र बिरामीको आरामदायिता तथा एमआरआईप्रति तिनको सहयोग पनि बढाउने हुादा यसलाई पूर्ण आरामदायी मानिएको जनाइएको छ ।
हिजो नै उद्घाटन भएको इमेजिङ्ग सेवाअन्तर्गत विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक १२८ स्लाइसको सी.टी. स्क्यान सेवा पनि समावेश छ । उक्त सी.टी. स्क्यानमा ुष्म्यकभद्धु प्रणाली रहेको हुादा त्यसलाई विश्वकै उत्कृष्ट मध्येको एक मानिएको हो । यस सी.टी. स्क्यानमा अन्य सामान्य सी.टी. स्क्यानको तुलनामा एक्स–रेको विकीरण ८० प्रतिशतले कम हुने, उत्कृष्ट फोटो गुणस्तरका साथ अन्य थुप्रै अत्याधुनिक विशेषताहरू रहेका छन् । यसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्जर आदि सबै प्रणालीको खराबी पत्ता लगाउन सर्वोत्कृष्ट भूमिका निभाउने नर्भिकको दावी छ ।
उद्घाटन समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक श्रीमती मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पााचवर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजनाबारे प्रकाश पारिन् । त्यसरी नै नर्भिकका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा.पंकज जलानले अत्याधुनिक एमआरआई तथा सी.टी. स्क्यान सेवाको अत्याधुनिक एवम् वैज्ञानिक विशेषताहरूबारे व्याख्या गरेका थिए ।
कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले ‘नर्भिक प्रिभिलेज डेबिट कार्ड’को आवश्यकता उपादेयता, उद्देश्य, सेवा, प्रयोग र सुविधा बारे विस्तृत खाका प्रस्तुत गरेका थिए । समारोहमा नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्त चौधरीले प्रमुख अतिथिका तर्फबाट पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहलाई प्रशंसापत्र दिइएको थियो । (- जनधारणा साप्ताहिक)

















