चन्द्रप्रकाश बानियाँ
‘एक तोलाको जिब्रो एकपटक फट्कार्नुपूर्व तीनचोटि सोच्नुपर्छ’ भनेर बुढापाकाहरुले भन्छन् । विना सोचविचार प्याच्च बोल्ने बानी कहिलेकहीा आफैलाई घााटी लाग्छ । महाभारत युद्धको शिलान्यास द्रौपदीको वाचाल प्रवृत्तिको परिणाम थियो भनिन्छ । भएछ के भने खाण्डव नाम गरेको वन मासेर पाण्डुपुत्रहरुको नयाा राज्यको राजधानी शहर इन्द्रप्रस्थ बसाल्ने सिलसिलामा देवताका सुप्रसिद्ध कालीगढ विश्वकर्माले आफ्नो अलौकिक कौशलको प्रयोग गरेका थिए रे । आग्रास्थित प्रसिद्ध मुमताजमहलभित्र लगेर परेवा उडाउने हो भने भित्तामा कुादिएका चित्रलाई वास्तविक रुखबिरुवा ठानेर आश्रय लिन खोज्दा सिंगमरमरका भित्तामा ठोकिन पुग्छन् रे ! दुरुस्त त्यस्तै जादुमय नगरी इन्द्रप्रस्थमा पाण्डवहरुले राजसूय यज्ञ प्रारम्भ गरेछन् । स्वभावत: काकापुत्र दुर्योधनको उपस्थिति पनि यज्ञको अवसरमा हुने नै भो । दानदक्षिणाको गुरुत्तर जिम्मेवारी पाएका दुर्योधन अवकाशको समयमा उद्यानमा टहलिन निस्केछन् । डुल्दै घुम्दै जाादा एक ठाउामा सुक्खा जमिनलाई तलाउ ठानेर जुत्ताखोलिवरी धोती उचालेर हिाडेछन् । अर्को ठाउामा तलाउलाई सामान्य जमिन ठानेर हिाड्दा धोती र जुत्ता भिजाएछन् । त्यो दृश्य दरबारिया महिलाहरुको आाखामा परेछ । ‘जन्मान्ध त बाबु पो हुन् भन्थे, छोराको दृष्टि पनि कमजोर रहेछ !’ भनेर द्रौपदीले टिप्पणी गरिछन् । द्रौपदीको व्यंग्यवचनले विषालु वाण बनेर दम्भी दुर्योधनको चित्त छियाछिया बनाएछ । त्यसरी रोपिएको विद्वेष र अपमानको बिरुवाले महाभारतयुद्ध नामको प्रतिशोधको महाविनाशक विषवृक्षको रुप लिएथ्यो भनिन्छ ।
‘दिनकै तीनपटक बोली फेर्ने, बोलीको ठेगान नभएको नेता को हो ?’ भनेर सोध्ने हो भने सबै नेपालीहरुको एउटै जवाफ हुन्छ– ‘प्रचण्ड’ ! समाजमा हल्ला चलेजस्तै पिपलपाते चरित्र प्रचण्डको छ भनेर भनिहाल्नु अति मानिए पनि बोल्नुपूर्व धेरै सोचविचार गर्ने बानीचाहिा नभएको कुरा सत्य हो । ‘हावा नचली पात हल्लिदैन’ भनिन्छ । यतिखेरै पनि चितवन र भैरहवा पुगेर बोलेको कुरा त्यो उचाइको नेताको मुखारविन्दबाट नझरिदिएकै भए राम्रो हुन्थ्यो भनेर मानिसहरुले भन्छन् । मानिसले प्रवृत्ति फेर्न सक्छ, तर प्रकृति भने फेरिादैन भनिन्छ । सायद प्रचण्ड भावुक छन् । भावुक मानिसको हृदय अति संवेदनशील हुन्छ । सम्वेदित हृदयबाट वाणी प्रभावित भैदिन्छ । प्रचण्डको सन्दर्भमा भएको कुरा त्यही होला । जे होस्, बोल्ने बेलामा नापीजोखी बोल्ने बानी नभएकै हो । सायद उनको त्यो प्रवृत्ति ‘बालापनदेखि लागेको बानी’ नै होला ।
वाणीलाई विना लगामको घोडाझैं फुक्काफाल छोडिदिने नेताहरुको कमी नेपालमा छैन । भावी प्रधानमन्त्रीको स्थानमान बनाइसकेका एमाले नेता खड्गप्रसाद ओलीको अभिभाषण अघिल्लो महिना पोखरामा सुन्ने संयोग जुरेको थियो । करीवब घण्टाभरको उनको भाषण सुन्दा समय बितेको पत्तै भएन । ओलीको त्यस दिनको प्रस्तुति ‘स्ट्याण्डिङ कमेडी किङ’ भनेर पछिल्लो कालखण्डमा भारतमा प्रसिद्धी कमाएका कपिल शर्मालाई मात दिने खालको थियो । प्रतिश्पर्धामै उत्रने हो भने नेपालका महजोडी, धुर्मुस–सुन्तली वा मनोज गजुरेल–जितु नेपालहरुले हाास्यव्यंग्यमा ओलीलाई भेट्छन भनेर पत्याउन गाह्रो पर्दो रहेछ । विशाल जनसभामा ओलीको प्रहसन सुन्दा देशको कुनै ठूलो नेता अथवा भावी प्रधानमन्त्रीको उम्मेदवारले जनतालाई सम्बोधन गरेको होजस्तो अनुभूति पटक्कै हुादैनथ्यो । पार्टीको नीति, योजनाको कतै नाम पनि सुनिदैनथ्यो । केवल विपक्षी पार्टी र नेताहरुलक्षित उटपट्याङ्ग चुटकिला एकपछि अर्को गर्दे मध्य वसन्तयामको असिनाझैं निरन्तर वर्षिरहे । मानिसहरुले उनको भाषणबाट कुस्त मनोरञ्जन त लिए तर कुन कारणले एमाले नामको पार्टीलाई मत दिनुपर्ने हो भनेर खुट्याउन सकेनन् । अथवा एमालेले चुनाव जितेपछि जनताले के पाउाछन् भन्ने कुराको भेउ नै पाएनन् । भाषण सुने, ताली बजाए, दिल खोलेर हाासे र घर फर्केथे ।
सायद विनासोच विचार प्याच्च बोलिएका वचनहरुले ओली आफैलाई जस्तो अरु कसैलाई खेदेको छैन होला । चाहे ‘गोरुगाडा चडेर अमेरिका जाने’ कुरा होस् अथवा ‘हावाबाट बिजुली निकालेर वर्षदिनमै देशलाई लोडसेडिङ मुक्त बनाउने’ कुरा होस् अथवा ‘तीन महिनामा काठमाडौंका बासिन्दाहरुका चुलाचुलामा ग्यासका पाइलाइन जडान गरिदिने’ कुरा होस् ! उनका ती उटपटयाङ भनाइहरु वास्तवमा रत्नपार्कमा डेरा जमाएका मुकुन्देका वाणीभन्दा पनि तौलहीन थिए र तिनले जिन्दगीभर ओलीको पिछा छोड्ने छैनन् । कथम् कुनै दिन राजनीतिबाट अवकाश लिएर सडकतिर पैदल गस्ती गर्न निस्कादा केटाकेटीका आाखा उनीमाथि परेछन् भने तिनै बोलहरु दोहोर्याएर गिल्ला गर्दै पछ्याउने छन् ।
देशमा निर्वाचन सम्पन्न भएको छ । वाम गठबन्धनले आशातित सफलता प्राप्त गरेको पनि छ । निर्वाचनपरिणामले एमाले नेता खड्गप्रसाद ओलीलाई गद्दी आसीन बनाउने कुराको प्रत्याभूति गरिसकेको छ । स्वभावत: त्यो सफलताको जस र लाभ दुवै प्राप्त गरेका ओलीजीको बोलीमा भने कुनै परिवर्तन आएको देखिादैन । बोल्ने अवसर मिल्यो कि उनको पुरानो बानी प्रकट भैहाल्छ । उदाहरणका लागि भर्खरको एउटा घटनाको कुरा लिउा । ‘कााग्रेसले नियुक्त गरेका प्रदेशप्रमुखहरुका हातबाट एमाले प्रतिनिधिहरुले शपथ लिादैनन्’ भनिदिएछन् । प्रदेश सभाका सदस्यहरुलाई शपथ दिलाउने प्रदेशसभाका सभामुखले होला । सभामुखले प्रदेशप्रमुखबाट शपथ लिनुपर्ला । एमालेले शपथ नलिने हो भने किन नियुक्त गर्नु भनेर देउवा सरकारले हात खुम्चयाएर बसिदियो । प्रदेशसभा गठन नभैकन राष्ट्रियसभाको चुनाव नहुने रहेछ । राष्ट्रियसभा नबनिकन ‘संघीय संसद्’ ले पूर्णता नपाउने रहेछ । कुनै एउटा पार्टीको एकलौटी बहुमत नआएको हुनाले राष्ट्रपतिले ठाडै प्रमको नियुक्ति गर्ने बाटो अवरुद्ध भैदिएछ । दुई वा दुईभन्दा बढी पार्टीहरुको संयुक्त सरकार बनाउनका निमित्त संसद्को बैठक बोलाउनैपर्ने बाध्यता हुादो रहेछ । संविधानले प्रतिनिधिसभा एक्लैको बैठक बोलाउन मिल्ने व्यवस्था गरेको रहेनछ । राष्ट्रपतिले बोलाउन पाउने ‘संघीय संसद्’को बैठक मात्र हुादो रहेछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त नाम ‘संघीय संसद्’ हो रहेछ । ओलीलाई यतिखेर आफ्नै बोलीले आफैलाई पिरेको छ । ओलीसरकार निर्माणको गला लाग्ने विषय त्यही भएको छ । संसदभित्र बोलेको कुरा भए पो फिर्ता लिन मिल्थ्यो । सार्वजनिक सञ्चारमाध्यबाट फुकिएको कुरा कसरी फिर्ता लिने ? प्रधानमन्त्री हुने लोभ माया मारिहाल्नु नपर्ला । तर जति विलम्ब भए पनि सहनु त पर्यो, पर्यो ! परिस्थिति त के पनि देखियो भने वर्तमान सरकारले नियुक्त गरेका प्रदेशप्रमुखका हातबाट एमालेका सभासद्हरुले अमिलो अनुहार लगाएरै भए पनि शपथ लिनु नै पर्ने भो !
आफ्नै अविचारित बोलीको कारणबाट निर्माण भएको सुर्केपासो आफ्नै गलामा लाग्छ भन्ने जानेका भए सायद प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश रोक्न लगाइने थिएन होला । त्यसले संघीय संसद् गठनलाई विलम्ब गराइदियो । राष्ट्रपतिलाई अनाहकमा विवादमा पार्ने काम गर्यो । सरकार निर्माण गर्ने कार्यलाई पनि पछि धकेल्यो । संविधान बनाएर पढ्ने गरेका भए पो हुन्छ । सिरानीमुनि दबाएर सुत्ने बानी लागेका नेताहरुलाई संविधानमा लेखिएको कुराको हेक्का रहने कुरै भएन । त्यही अज्ञानजनित अल्छयाईको कारणले संवैधानिक प्रावधानसाग बाझिनेगरी अडान लिने मूर्खतामा उत्रन प्रेरित गर्यो । त्यही अविवेकका कारणले ‘त्रिशंकु’ बनेको अध्यादेश अब प्रतिष्ठाको विषय बन्न गएको छ । ‘नखाउा दिनभरिको शिकार, खाउा भने कान्छो बाबुको अनुहार’ भनेजस्तो विडम्बनाको सिर्जना गरिनु पनि ‘बोल्दा विवेक नपुर्याउनु’को कारण होइन भन्न मिल्दैन । प्रतिष्ठाकै लागि भए पनि अध्यादेशमा सानोतिनो नाम मात्रको सानोतिनो सुधार होस् भन्ने आशय राखेर सहमतिको कुरा गर्न थालिएको छ । सुधार कााग्रेसले चाहादा मात्र हुने हो । कााग्रेसले अडान लिइदिादा निकासको अर्को बाटो देखिादैन । राष्ट्रपतिबाट प्रमाणीकरण हुनै पर्छ । सदाकाल रोकेर राख्न मिल्दैन र औचित्य पनि छैन । निर्वाचन हारेर घाइते चितुवा बनेको नेपाली कााग्रेसले एमाले नेताको जुागो राखिदिनका लागि अध्यादेश फिर्ता लिइदेला ? सुधारमा सहमति जनाउाला त ? अहा, त्यस्तो सम्भावना पटक्कै देखिादैन त ! (- जनधारणा साप्ताहिक)
















