क्रोएसियाले घानालाई पराजित गर्दै फिफा विश्वकपको अन्तिम ३२ मा पुग्याे

20

एजेन्सी । पेटार सुचिच र निकोला भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसियाले घानालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा पुगेको छ।

समूह ‘एल’ बाट पहिले नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको घानालाई पछि पार्दै ज्लाट्को डालिचको टोली समूह उपविजेता बन्यो। बराबरीले पनि उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा अघि बढ्न सक्ने सम्भावना भए पनि क्रोएसियाले सुरुदेखि नै जितका लागि आक्रामक खेल प्रस्तुत गर्‍यो।

१७औं मिनेटमै  भ्लासिचले करिब २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली प्रहार पोस्टको बाहिरी भागमा लाग्दै फर्कियो। त्यसले घानामाथि दबाब बढाइरहेको संकेत दिएको थियो। ३१औं मिनेटमा क्रोएसियाले अग्रता लियो। सुचिचले करिब ३० यार्ड टाढाबाट गरेको सानदार प्रहार गोलमा परिणत भयो।

पहिलो हाफमा घानाले निकै फितलो प्रदर्शन गर्‍यो। एन्टोइन सेमेन्योले गरेको एक प्रहार थोरै बाहिरिनु बाहेक टोलीले खासै अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा भने घानाले खेलमा सुधार गर्‍यो।

लगातारको दबाबको फलस्वरूप ७३औं मिनेटमा डेरिक लकासेनले फ्रिकिकमा आएको बललाई नजिकबाट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। तर बराबरी धेरैबेर टिकेन। ८३औं मिनेटमा कप्तान लुका मोड्रिचको कर्नरमा कुनै पनि रक्षकको निगरानीमा नरहेका  भ्लासिचले हेडमार्फत विजयी गोल गरे।

यो जितसँगै क्रोएसियाले ३ खेलबाट ६ अंक जोड्दै समूह समूहको दोस्रो भयो ।  इंग्ल्यान्ड ७ अंकसहित समूह विजेता बन्यो भने घाना ४ अंकसहित तेस्रो स्थानमा रह्यो। पानामा अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो। आजै अर्को खेलमा इंग्ल्यान्डले पानामालाई २-० ले हरायो।

२२ वर्ष २ सय ४५ दिनका पेटार सुचिच फिफा विश्वकपमा क्रोएसियाका लागि गोल गर्ने दोस्रो कान्छा खेलाडी बने।

यसअघि २०२२ विश्वकपमा मोरक्कोविरुद्ध २० वर्ष ३ सय २८ दिनका जोस्को ग्भार्डियोलले यो कीर्तिमान बनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here