काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्त गोयललाई नभेटेको दाबी गरेका छन् । रअका प्रमुखले प्रधानमन्त्रीलाई गोप्य रुपमा भेटेको भन्दै आलोचना भएपछि उनले प्रस्ट पारेका हुन्।
सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले भेटेको हामीलाई थाहा छैन ।’
प्रधानमन्त्रीबाहेकका अन्य नेता कस-कसले भेटे भन्नेमा आफूलाई केही थाहा नभएको मन्त्री बाँस्कोटाले दाबी गरे। भारतको रअ, पाकिस्तानको आइएसआइ, अमेरिकाको सीआएजस्ता जुनसुकै देशका गुप्तचर संस्थाका अधिकारीलाई भेट्ने बित्तिकै त्यही लाइनमा लागे भन्न नहुने उनको भनाइ थियो।


















