काठमाडौं । देशभर कोरोना संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कूल संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २२ हजार ८७ जनाको परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।
२१ हजार ६ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार १ सय ९८ र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्।


















