जसपाकाे संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई निर्विराेध

224

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाएको छ ।

आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको  कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले  जनाए  । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उनको भनाइ छ ।

विधान संशोधन पारित भएसँगै अब केन्द्रीय समितिको संख्या ८०१ सदस्यीय हुने भएको उनले जनाए ।  वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो । दुवै पार्टीलाई समायोजन गर्नका लागि आ-आफ्नो तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकताभन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेश भएको थियो ।

त्यस्तै, अनुशासनसम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ । अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको स्रोतले जनाएको छ ।

पार्टीको कारबाही प्रक्रियामा पनि केही खुकुलो बनाइएको छ । यसअघि पार्टीको हितविपरित काम गरेमा सिधै कारवाही गर्ने प्रावधान थियो भने अहिले सच्चिने मौका दिने प्रावधान राखिएको छ । त्यस्तै सदस्यतालगायतका केही विषयमा पनि संशोधन गरेको स्रोतले जनाएको छ ।

यसैबीच जसपा नेपालले संसद सचिवालयबाट दिइएको दसैं भत्ता खारेजीको माग गरेको छ । यदि सो खारेज नगरे जसपा नेपालले त्यो भत्ता नलिई कोभिड–१९ कोषलाई दिने निर्णय समेत गरेको छ ।  त्यस्तै, सरकारले आधारभूत शिक्षालाई खारेज गरेकोप्रति पनि जसपाले  आपत्ति जनाएको छ । यसैबीच मंगलबार बसेकाे बैठकले पार्टी  सचिवालयकाे प्रावधान हटाएकाे छ भने  पार्टीकाे संघीय परिषद्काे अध्यक्षमा सर्वसम्मतिबाट डा. बाबुराम भट्टराई चयन गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here